देशभर चिसो बढ्यो, तराईमा बिहानैदेखि हुस्सु

Post Thumbnail

पौष ६, काठमाडौ । जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको छ । जसका कारण तराईमा बिहानैदेखि हुस्सु लागेको छ। लुम्बिनी, सुदूरपश्चिम तथा पहाडी भू–भागमा आंशिक बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । बाँकी प्रदेशको मौसम सफा रहने छ । देशका अधिकांश भागको तापक्रम क्रमिक रूपमा घट्दै जाने हुँदा सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस