पशुपतिशमशेर जबराको शपथ आज हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष ६, बुधबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

पौष ६, काठमाडौ । प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य राप्रपाका पशुपतिशमशेर जबराले बिहीबार पद तथा गोपनीयताको शपथ ‍लिँदैछन् । उनले आज राष्ट्रपति भवन शीतल निवासमा दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ। सभामुखको चयन नहुँदाका बखत प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरू सदस्यलाई शपथ दिलाउनुपर्छ । सो व्यवस्थाअनुरूप ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित अन्य सदस्यलाई भोलि दिउँसो १ बजे शपथ गराउने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस