शपथग्रहणको तयारी तीव्र, सर्वदलीय बैठक हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष ६, बुधबार (२ साल अघि)
  • ५० पटक पढिएको
Post Thumbnail

पौष ६, काठमाण्डौ । निर्वाचन आयोगले वागमती प्रदेशसभाका लागि निर्वाचित सांसदहरूको अन्तिम मतपरिणामसहित प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाएसँगै संसद् सचिवालय शपथमा जुटेको छ । यसका लागि वागमती प्रदेशसभा सचिवालयले पुस ८ गते सर्वदलीय बैठक अह्वान गरेको छ । नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहणको मिति र समय निर्धारण गर्ने सर्वदलीय बैठक आह्वान गरिएको सचिवालयले जनाएको छ । सांसदहरूको शपथग्रहणको तयारीलाई तीव्रता दिएको सचिवालयले शपथग्रहणअघि सर्वदलीय बैठक आह्वान गरेको हो ।

निर्वाचन आयोगको सहयोगमा वागमती प्रदेशका १ सय १० प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ सदस्य पहिचान गरेको सचिवालयले सोही विषयमा छलफलका लागि पुस ८ गते सर्वदलीय बैठक बोलाइएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस