संसदीय दलको नेता छनोटका लागि मतदान अझै सुुरु भएन !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष ६, बुधबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

पौष ६, काठमाण्डौ । नेपाली कांग्रेसको संसदीय दलको नेता छनोटका लागि आज मतदान हुँदैछ। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालय परिसरमा आज मतदान तय भएको छ । आज बिहान ८ बजेदेखि नेता छान्न मतदान हुने बताइए पनि हालसम्म मतदान प्रक्रिया सुरु हुन सकेको छैन ।

मतदान स्थलमा मोबाइल लग्न पाउने कि नपाउने भन्ने विषयमा विवाद हुँदा मतदान सुरु हुन नसकेको बताइएको छ। गगन थापा पक्षले मतदानस्थलमा मोबाइल लग्न पाउनु पर्ने भनिरहँदा देउवा पक्षमा मोबाइल लग्न नपाउने अडान राखेका छन्। जसकारण निर्धारित समयमा मतदान सुरु हुन नसकेको हो । सिंहदरबार परिसरमा कांग्रेस नेता, कार्यकर्ता र शुभचिन्तकको भीड लागेको छ। जसकारण सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस