ट्वीटरको सीईओ पद छाड्ने एलन मस्कको घोषणा

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ पौष ६, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष ६, काठमाण्डौ । एलन मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृत सीईओ पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले ट्वीट गरेर सकेसम्म छिटो रानीनामा दिने बताएका हुन् । उनले ट्वीटर प्रमुखको भूमिकाबाट अलग हुँदा ठिक होला कि नहुँदा ठिक होला भनेर ट्वीटरमा भोटिङ पोल राखेका थिए र नतिजाको पालना गर्ने बताएका थिए ।

त्यसमा ५७.५ प्रतिशतले अलग हुनुपर्छ भनेर मत दिएका थिए । हुनु पर्दैन भन्ने पक्षमा ४२।५ प्रतिशत मत परेको थियो । अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि उनले ट्वीट गरेर सीईओ पदबाट राजीनामा दिने बताएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस