कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष ६, बुधबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पौष ६, काठमाण्डौ । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा देउवाले ६४ मत पाउँदा गगन थापाले २५ मत प्राप्त गरे । निर्वाचन समितिका संयोजक भीस्मराज आङ्दावेले देउवा ६४ मतसहित निर्वाचित भएको जानकारी दिए । मतदानमा सबै ८९ सांसद सहभागी भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस