अर्थ मन्त्रालय र राष्ट्र बैँकको लँडाइले मुलुकको अर्थतन्त्र बिग्रियो : उद्योगी दिपक मल्होत्रा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ पौष ६, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष ६,काठमाडौँ । नेपाल चेम्बर अफ कर्मशका उपाध्यक्ष तथा उद्योगी दिपक मल्होत्राले नेपालको अर्थतन्त्र दयनिय अवस्थामा पुगेको बताएका छन् । अनलाइन केन्द्रसंग कुराकानी गर्दै उनले नेपाल श्रीलंकाको जस्ता अवस्थामा नरहेतापनि मुलुकको अर्थनिति र आफ्नै आन्तरिक कारणले देशमा अर्थतन्त्र विग्रिएको बताएका हुन् । उनले अहिले नेपालका व्यवसायीको ब्यालेन्स कसैको पनि पाजेटिभ नभएको बताउदै उसको कारण अर्थनिती र आन्तरिक अव्यवस्था नै भएको बताए ।

मल्होत्राले कोरोना कालमा राष्ट्रबैँकले सहयोग गरेपनि पछिल्लो समय बैँकको ब्याजबृद्धि गरेर राष्ट्र बैँकले गलत गरेको बताए । उनले अहिलेको ब्याजदरले व्यवसायीले आफुसंग भएको सम्पतीलाई क्यासमा कन्भर्ट गरेर ऋण तिरेर बाँकी पैसा बैँकमा राखेर ब्याज खाएर बस्न उपयुक्त हुने बताए । उनले अहिलेको परिस्थतीले नेपालमा उद्योग फस्ट्याउने भन्दा धरासायी हुने बताए । उनले आजको दिनमा कर्जा लिएर कुनैपनि उद्योग फस्ट्याउन नसक्ने दावी गरे । उद्योगी मल्होत्राले कोरोनाकालमा दिइएको सहुलियत सही ठाँउमा लगानी नभएको पनि बताए । सोही कारण व्यवसायी मारमा परेको उनको भनाई थियो ।

मल्होत्राले भने–चालु पुँजी कर्जा अब २५ प्रतिशतमा झार्नपर्छ भन्ने दवाव छ । यो निति लागु गर्न एकचोटी व्यवासायीले सबै उद्योग व्यापार बन्द गरेर बैँकलाई ऋण तिर्नुपर्ने अवस्था आउन सक्छ ।’

उद्योगी मल्होत्राले राष्ट्रबैँकले एकचोटी बैँकको कर्जा र व्याज नितिमा सोच्नुपर्ने बताए । मल्होत्राले उच्च सरकारी निकाय अर्थ मन्त्रालय र राष्ट्रबैँकको लडाईले अहिलेको अवस्था सिर्जना भएको जिकिर गरे । उनले अहिले ब्याजको बृद्धि,कर्जा लगानी शुन्य र चालुपुँजी कर्जा घट्नु नै आर्थिक अवस्था संकटतर्फ लम्किएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस