नगरप्रमुख लामाको मन्त्री चौधरी र माओवादी केन्द्रकी नेतृ शर्मासंग छलफल

पौष ६,काठमाडौँ । बेलकोटगढी नगरपालिकाका नगरप्रमुख जगत लामाले शहरी विकास मन्त्री मेटमणी चौधरी र माओवादी केन्द्रकी नेतृ रेखा शर्मालाई संयुक्त रुपमा भेटेका छन् । भेटमा नगरप्रमुख लामाले बेलकोटगढीको समग्र विकास संरचनाका विषयमा जानकारी गराउदै मन्त्रालयको सहयोगको अपेक्षा गरेका थिए ।

उनले नगरपालिकाका केही गौरवका योजनालाई शहरी विकास मन्त्रालयले अघि बढाउन समेत मन्त्री चौधरीलाई आग्रह गरेका थिए । सो क्रममा मन्त्री चौधरीले यसभन्दा अघि पनि बेलकोटगढी नगरपालिकाको योजनाबारे आफु जानकार रहेको बताउदै केही योजनालाई आफुले अघि सारेको जवाफ दिएका छन् ।

नगरप्रमुख लामाले मन्त्री चौधरी र माओवादी केन्द्रकी नेतृ शर्मालाई भर्खरै सम्पन्न निर्वाचनमा प्रतिनिधि सभातर्फ विजयी भएकोमा बधाई समेत दिएका छन् ।

संम्बन्धित समचार

Leave a Reply