नगर विकास कोषका अध्यक्ष आचार्यद्धारा कार्यालयको भ्रमण

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ पौष ६, बुधबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail
पौष ६,काठमाडौँ । शहरी विकास मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष सुरेश आचार्यबाट नगर विकास कोषको भ्रमण सहित कोषका विविध विषयहरुमा जानकारी लिने कार्यक्रम सम्पन्न भएको छ । सचिव एवम् अध्यक्षलाई स्वागतका साथ कोषले शहरी पूर्वाधार विकासको क्षेत्रमा हालसम्म गरेको योगदान, हालका कार्यक्रमहरु र आगामी कार्यदिशाका सम्बन्धमा प्रस्तुतीकरण गरेको थियो ।
कार्यक्रममा शहरी विकास मन्त्रालयका सह सचिव  प्रदीप परियार एवम् कोषका पदाधिकारीहरुको समेत उपस्थिति थियो ।
कार्यक्रममा सचिव एवं अध्यक्षबाट आधुनिक प्रविधिसंगै दिगो शहरी पूर्वाधार विकास आजको आवश्यकता भएकोले शहरी पूर्वाधार विकासमा कोष मुलुकको एक अग्रणी संस्थाको रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।
सचिव आचार्यले कोष GCF (Green Climate Fund) परिचालनका लागि Accreditation को प्रक्रियामा रहेकोले GCF को ठूलो Fund प्राप्त गर्नका लागि आवश्यक प्रक्रियाका लागि तदारुक्ता सहित अत्यन्त Professional संस्थाकोरुपमा कार्य गर्न निर्देशन दिए।
कोष व्यावसायिक संस्थाकोरुपमा अगाडि बढ्न पूँजी संरचना बृद्धि गर्न आवश्यक रहेको बताउँदै कोषको कार्यक्षेत्र विस्तृतीकरण एवं पुँजी पुनःसंरचना बृद्धिका लागि मन्त्रालयकोतर्फबाट महत्वपूर्ण पहल हुने जानकारी गराए ।

ताजा अपडेट

खोजी गर्नुहोस