कुन प्रदेशमा को जेष्ठ सांसद ? जसले खुवाउँदै छन् नयाँ सांसदलाई शपथ

पौष ६,काठमाडौँ । मंसिर ४ मा भएको निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरुलाई पनि प्रतिनिधिसभामा जस्तै ज्येष्ठ सदस्यले शपथ खुवाउने छन्। ज्येष्ठ सदस्यहरुमध्ये प्रदेश नम्बर एकका गयानन्द मण्डल गनगाईंको उमेर सबैभन्दा बढी छ भने गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालको उमेर सबैभन्दा कम छ। गनगाईं ७९ वर्षका छन् भने बस्यालको उमेर ६५ वर्ष छ।

एक नम्बर प्रदेशसभाका सदस्यहरुलाई गनगाईंले शपथ खुवाउने छन्। ७९ वर्षका गनगाईं प्रदेश नम्बर एकका ज्येष्ठ सदस्य हुन्। उनी मोरङ क्षेत्र नम्बर ५ को (क) बाट निर्वाचित भएका हुन्। यस्तै, मधेश प्रदेशमा ७१ वर्षीय गोविन्द बहादुर न्यौपानले शपथ खुवाउने छन्।

यता बागमती प्रदेश सभाका सबैभन्दा ज्येष्ठ सदस्य राम प्रसाद ढुंगाना हुन्। गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्याल हुन्। २०१४ साल भदौ ५ गते जन्मिएका उनी ६५ वर्षका छन्।

यस्तै, लुम्बिनी प्रदेशका ज्येष्ठ सदस्य डिल्लीराज भुषाल हुन्। कर्णाली प्रदेशसभामा ६६ वर्षका विनोद कुमार शाह ज्येष्ठ सदस्य हुन्। सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मान बहादुर रावल हुन्।

निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणमसहितको प्रतिवेदन प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम एकैसाथ सात वटै प्रदेशका प्रमुखसमक्ष प्रस्तुत गरेको छ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा आयोगले प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनु पर्ने व्यवस्था रहेको छ।

संम्बन्धित समचार

Leave a Reply