दिल्लीमा मास्क अनिवार्य गरिँदै

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ पौष ८, शुक्रबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पौष ८, काठमाण्डौ । भारतीय राजधानी नयाँदिल्लीमा दुई महिनाअघि मास्क लगाउनुपर्ने नियम हटाइएको थियो । सार्वजनिक स्थानमा मास्क नलगाए हुने जरिवाना करिब अढाई वर्षपछि गत अक्टोबर पहिलो साताबाट हटाइएको थियो । तर, दिल्लीमा पुनः मास्क अनिवार्य लगाउनुपर्ने नियम ल्याउन लागिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी धेरै दिनपछि मास्क लगाएर संसद् भवन आएका थिए । उनी मात्रै होइन मास्कलाई प्राथमिकता दिने सन्देश प्रवाह गर्ने उद्देश्यले लोकसभा र राज्यसभाका सभामुखहरू ओम बिड्ला र जगदीश धनखडले पनि मास्क लगाएरै सदन चलाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस