कांग्रेसले भन्यो–’वाइडबडी विमान खरिद प्रकरणमा समितिलाई प्रभावित पार्न खोजियो !’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष २०, शुक्रबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पुस २०,काठमाडौँ । आज बसेको संसद बैठकमा वाइडबडी खरिद प्रकरणको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले कडा टिप्पणी गरेको छ । सो क्रममा कांग्रेसबाट विजयी सांसद मिनेन्द्र रिजालले प्रतिवेदन तयार पार्दा दलीय आधार खोज्ने हो भने सिंगो संसदको उपादेयता सकिने भएकाले व्यवस्थापिकाको सीमामा रहेर काम गर्न सचेत गराए ।

उनले समितिलाई प्रभावित पार्ने, अख्तियारको क्षेत्राधिकार रोक्ने र विलम्बकारी सोचबाट सरकारले जाँचबुझ समिति बनाएको हो भने राजनीतिले नयाँ बाटो समाउने चेतावनी समेत दिए ।

स्वतन्त्र सांसद हृृदयेश त्रिपाठीले नेपाल वायु सेवा निगम संचालक समिति नै जस अपजसको मुख्य जिम्मेवार रहेको भन्दै कारवाहीको सिफारिस गर्दा सो विषयलाई विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे ।

उनले विमान खरिदको निर्णय गर्ने निर्णयकर्ताहरु नै मुख्य दोषी हुने भन्दै घुमाउरो शैलीमा पर्यटनमन्त्री अधिकारीको बचाउ गरे । उपसमितिको प्रतिवेदनमाथिको छलफलपछि अन्तिम निर्णय गर्न समितिले अर्को बैठक सोमबारका लागि बोलाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस