लोकगायिका विष्णु माझीको विषयमा स्याङ्जा प्रशासनको चासो, माइती र घर पक्षसँग बुझिदै

२० पुस, काठमाडौं । लामो समययदेखि अघोषित ‘भूमिगत’ जीवन बिताइरहेकी लोकगायिका विष्णु माझीको विषयमा स्याङ्जा प्रशासनले चासो दिएको छ ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले मिडियामा उनको समाचार आएपछि आफूहरुले उनको स्थिति पत्ता लगाउने प्रयास गरिरहेको बताए ।

उनलाई श्रीमानले बन्धक बनाएको भनेर पहिलेदेखि नै हल्ला चल्ने गरेका थिए, तर मूलधारको मिडियामा आएपछि हामीले यसलाई चासो दिएका हौं,’ उनले भने ।

आफू कार्यरत जिल्लाकी नागरिक भएको नाताले विष्णुको स्थिति पत्ता लगाउनु आफ्नो दायित्व भएको प्रजिअ निरौलाले बताए ।

‘कतिपयले यो उनीहरुको निजी मामला भएकाले दख्खल किन दिने भनेर पनि प्रश्न उठाएका छन् नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा निरौलाले भने, ‘हामीले उनीहरुको निजी जिन्दगीमा दख्खल दिन खोजेका होइनौं । तर, अहिलेको जमानामा यसरी कसैले लुकेर काम गर्नुपर्ने अवस्था छैन । के कारणले उहाँ सार्वजनिक हुन सक्नुभएको छैन भन्ने हाम्रो चासोको विषय हो ।’

प्रजिअ निरौलाले विष्णुका माइती र घर पक्षसँग बुझ्ने काम भइरहेको बताए । विष्णु काठमाडौंमा कहाँ बस्छिन् भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको निरौलाको भनाइ छ । स्याङ्जा प्रहरीले पनि विष्णुबारे अनुसन्धान थालेको बुझिएको छ ।

संम्बन्धित समचार

Leave a Reply