घट्यो सुनको मूल्य, कति छ तोलाको भाउ ?

पौष ८, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा एक हजार दुई सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख तीन सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३९० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply