सिवाईसी नेपाल लघुवित्तले ३० प्रतिशत बोनस सेयर दिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ पौष ८, शुक्रबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पौष ८, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ७ पुस बिहबार बसेको सञ्चालक समितिको बैंठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८÷७९ को मुनाफबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तको प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँको ३० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस