चिसोबाट जोगाउन जिल्लाले ४ देखि १२ लाखसम्म खर्च गर्न पाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष ८, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष ८, काठमाडौ । शीतलहर, हिमपात र अत्यधिक चिसोबाट सर्वसाधारणलाई बचाउन ७७ वटै जिल्लामा ४ लाखदेखि १२ लाखसम्म खर्च गर्ने अख्तियारी सरकारले दिएको छ । जिल्लामा रहेको विपद् व्यवस्थापन कोषबाट खर्च गर्ने गरी विभिन्न जिल्लालाई अख्तियारी दिएको गृह मन्त्रालयले जनाएको छ । तराईमा शीतलहर र हिमाल तथा पहाडमा अत्यधिक चिसो शुरु हुन लागेपछि सरकारले पूर्वतयारीस्वरुप यस्तो निर्णय गरेको हो ।

आज गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट शीतलहर, हिमपात तथा अत्यधिक चिसो हुने जिल्लालाई तीन तहमा विभाजित गरी सोहीअनुरुप वितरण गर्ने अख्तियारी मन्त्रालयले प्रदान गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस