कर्णाली प्रदेश: कांग्रेस संसदीय दलको नेतामा शाही सर्वसम्मत चयन

पौष ८,काठमाडौँ । कर्णाली प्रदेश कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन् । प्रदेशसभा सदस्यहरुको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्त चयन गरेको हो ।

दलको नेतामा दावी गर्दै आएका अर्का नेता राजिवविक्रम शाह दलको नेताबाट पछि हटेका छन् । शाहकै समर्थनमा जीवनबहादुर शाही दलको नेतामा सर्वसम्मत भएको कांग्रेस प्रदेश प्रवक्ता दमन शाहीले जानकारी दिए ।

राजिव दाइले दलको नेतामा उम्मेद्वारी नै दिनुभएन, उहाँकै समर्थनमा जीवन दाइ सर्वसम्मत दलको नेतामा चएन हुनुभएको छ,’ प्रवक्ता शाहीले भने ।

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री समेत रहका शाही पुनः मुख्यमन्त्रीमा दोहोरिन चाहेका छन् । कांग्रेस र माओवादीले प्रदेश सरकारको आलोपालो नेतृत्व गर्ने सहमति गरे पनि पहिला कस्ले नेतृत्व गर्ने भन्ने बारे अझै सहमति जुट्न सकेको छैन् ।

संम्बन्धित समचार

Leave a Reply