सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण जीर्ण हुँदा यहाँका बासिन्दा चिन्तित

पौष ८,स्याङजा । गाउँमा नै स्वास्थ्य केन्द्रको भवन बनेपछि सहज स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास लिएका वालिङ नगरपालिका १० का बासिन्दा अहिले भने चिन्तित बनेका छन् । सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण भएको दुई वर्षमै जीर्ण हुँदा यहाँका बासिन्दा चिन्तित बनेका हुन् ।

स्वास्थ्य केन्द्रको भवन नगरपालिकालाई हस्तान्तरण नहुँदै जीर्ण बन्दै गएको हो । स्थानीय युवा नारायणप्रसाद पंगेनीले गरे, ‘राज्यको सम्पत्ति बालुवामा पानी हालेको जस्तै भएको छ तर कसैलाई चासो छैन ।’ दुई वर्ष अगाडि निर्माण भएको भवन यस्तो अवस्थामा रहनु निकै दुःखद भएको उनले बताए ।

‘भवन निर्माणमा लापर्बाही हुँदा जताततै चर्किएको छ, शौचालय प्रयोग गर्नै नमिल्ने छ, धाराको पाइप फुटेर रसाउने समस्या भएको छ, नयाँ भवन भन्न पनि लाजै लाग्ने अवस्थामा छ’, अर्का युवा सूर्यप्रसाद पौडेलले गुनासो गरे । ठेकेदारको लापर्बाही र इन्जिनियरको मिलेमतोमा भवनको अवस्था यस्तो भएको उनको आरोप छ ।

 

संम्बन्धित समचार

Leave a Reply