वीरगञ्ज महानगरपालिकाको सबै वडा झिलिमिली

पौष ८,विरगञ्ज । वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडा अहिले झिलिमिली बनेको छ । उज्यालो वीरगञ्ज अभियानअन्तर्गत सडक तथा चोक–चोकमा बत्ती जडान भएसँगै ३२ वटै वडा झिलिमिली बनेको हो ।

टोल–टोलमा रहेका पोल र सडकमा बत्ती जडान गर्ने काम सकिएको महानगरपालिकाको विद्युत् शाखाका इन्जिनियर राजिब कुमार उपाध्यायले जानकारी दिनुभयो । सङ्घ सरकारको ५० प्रतिशत अनुदान र वीरगञ्ज महानगरको ५० प्रतिशत लगानीमा सुरु गरिएको अभियानअन्तर्गत ३२ वटै वडामा १३ हजारभन्दा बढी बल्ब जडान गरिएको छ ।

३२ वटै वडा उज्यालो बनाउने अभियान २०७७ मै सुरु भएको भए पनि गएको असारसम्ममा ६० प्रतिशत पनि काम हुन सकेको थिएन । महानगरपालिकाले असार १९ गते श्वेत पत्र सार्वजनिक गर्दै यसअघिको नेतृत्वका कारण उज्यालो अभियान कार्यक्रम सम्पन्न गर्न ढिलाइ भएको उल्लेख गरेको थियो ।

नयाँ नेतृत्व आएसँगै कामलाई तीव्रता दिएपछि तीन महिनामा अभियानअन्तर्गत बल्ब, कन्ट्रोल प्यानल लगायतका उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको र हरेक वडा झिलिमिली बनेको हो ।

संम्बन्धित समचार

Leave a Reply