अमेरिकामा हिमपात र आँधी, १२ जनाको मृत्यु

पौष ९, काठमाण्डौ । अमेरिकामा हिमपातका कारण जनजीवन प्रभावित भएको छ। क्रिसमस र नयाँ वर्षको विदाको समयमा अत्याधिक हिमपातका कारण १० करोड मानिस प्रभावित भएका छन् । टेकसस देखि क्यूबेकसम्म हिमपातसहितको ुबम साइक्लोनुको गति २ हजार माइल्स रहेको बीबीसीले उल्लेख गरेको छ। शुक्रवार हिमपात र आँधीका कारण हजारौं उडानहरु रद्द भए भने १५ लाख मानिस बिजुली बिहीन भएका थिए ।

क्यानडामा समेत हिमपातक कारण जाडो अत्याधिक बढेको छ। जाडोका कारण हालसम्म १२ जनाको मृत्यु भइसकेको छ । हिमपात र आँधीका कारण सडकमार्गसमेत बन्द भएका छन्। ट्राफिक बढ्नुका साथै दुर्घटनाका घटना पनि बढेका छन् ।

संम्बन्धित समचार

Leave a Reply