सिन्धुपाल्चोकमा भर्‍याङको सिँढीबाट लडेर एक जना पुरूषको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ पौष ९, शनिबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पौष ९, काठमाण्डौ । सिन्धुपाल्चोकमा भर्‍याङको सिँढीबाट लडेर एक जना पुरूषको मृत्यु भएको छ। शुक्रबार राति १० बजे बलेफी गाउँपालिका(४ माथिल्लो बजार बस्ने ४५ वर्षीय शेरबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए।

पौने ९ बजे ४६ वर्षीया श्रीमती केशरी भुई तलामा रहेको सिलिङ पंखामा पासो लगाएर झुन्डिइन्। झुन्डिएको थाहा पाएपछि माथिल्लो तलामा बसेका शेरबहादुर आत्तिएर होहल्ला गर्दै तल ओर्लिएका थिए। तल झर्नेक्रममा एक्कासी सिँढीबाट लडेर शेरबहादुर घाइते भएका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस