भारतको तमिलनाडुमा तीर्थयात्री चढेको कार दुर्घटना हुँदा आठ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ पौष ९, शनिबार (२ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

पौष ९, काठमाण्डौ । भारतको तमिलनाडुको थेनी जिल्लामा तिर्थयात्री चढेको कार दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ। दुई जना घाइते भएका छन् ।
भारतको केरलामा रहेको सबरीमाला मन्दिरको दर्शन गरेर तमिलनाडुकै सन्मुगासुन्दरपुरम गाउँ फर्किँदै गरेका दश तिर्थयात्री बोकेको कार हिजो बेलुका दुर्घटनामा परेको हो। कार सडकबाट करिब ४० फिट तल खसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

घाइते भएका दुई जनाको उपचार भइरहेको खबरमा उल्लेख छ । उद्धार गरिएका दुई जनामा ९ वर्षीय बालक समेत रहेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार गम्भीर घाइते भएका उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस