‘प्रचण्ड’ सत्ता गठबन्धनको बैठकबाट बाहिरिए !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष १०, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष १०, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनको बैठकबाट बाहिरिएका छन्। आइतबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकको छलफलपछि प्रचण्ड बाहिरिएका हुन् । उनले कुनै प्रतिक्रिया दिन मानेन्।

आज बिहान ९ बजे बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भनिएपनि बिहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु थप रणनीति बनाउन आन्तरिक छलफलमा जुटेपछि बैठक बस्न ढिलाई भएको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच वान टु वान वार्तापछि सत्ता गठबन्धनको बैठक सुरु भएको थियो। तर बैठकमा बैठक सहमति जुट्न सकेको छैन।

ताजा अपडेट

खोजी गर्नुहोस