हिमआँधीका कारण अमेरिकाको जनजीवन अस्तव्यस्त, कम्तिमा ३४ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ पौष ११, सोमबार (२ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

पौष ११, काठमाण्डौ । एकातिर चीनमा कोरोना भाइरसको नयाँ भेरियन्टका कारण महामारी उत्पन्न भएको छ भने अर्कोतिर पुर्वी अमेरिकाका प्रायः स्थानहरुमा हिमआँधी बम साइक्लोनको महामारी क्रिसमसको दिन पनि जारी रह्रयो । भीषण जाडोमा यस प्रकारको हिमआँधीबाट भएको हिमपात तथा ठिहिर्याउने जाडोको चपेटामा आउनाले आइतबारको क्रिसमस पर्व प्रभावित भएको छ । हिमआँधीका कारण अहिलेसम्म ३४ जनाको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन् । यो संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

सबैभन्दा नराम्रो स्थिति पश्चिमी न्युयोर्कको बफेलोमा देएिको छ । आकस्मिक सेवाहरु दुर्घटनाका कारण प्रभावित स्थानहरुमा पुग्न सकेका छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस