ए डिभिजन लिग: १३ औं चरणको खेल तालिका परिवर्तन

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ पौष २०, शुक्रबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

पौष २०, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलको १३ औं चरणको तालिका परिवर्तन भएको छ।

शनिबारदेखि सुरु हुने खेल यसअघि नै सार्वजनिक भएको तालिका अनुसार सञ्चालन हुने भए पनि अन्तिम दिनको खेलको तालिका परिमार्जन गरिएको हो ।

शनिबार दुवै खेल एपीएफ मैदान हलचाेकमा हुनेछन् । पहिलो खेलमा बिहान ११ बजे जावलाखेल युथ क्लब र च्यासल युथ क्लब भिड्ने छन् । यसैगरी दिउँसो साढे २ बजे सरस्वती युवा क्लब र नेपाल पुलिस भिड्ने छन् ।

आइतबार साढे २ बजे थ्रीस्टार र हिमालयन शेर्पा सातदोबाटोमा भिड्दा त्यसै समयमा त्रिभुवन आर्मी र मछिन्द्र क्लब एपीएफ मैदानमा आमने सामने हुने छन् । सोमबार भने एउटा मात्रै खेल हुने भएको छ । जसमा संकटा र एपीएफ सातदोबाटोमा खेल्ने छन् ।

त्यस्तै मंगलाबार अन्तिम दिन मनाङ मर्स्याङ्दी फुटबल क्लब र फ्रेण्ड्स क्लब हलचोकमा दिउँसो २ बजे खेल्ने छन् । त्यसै दिन लिगको पुरस्कार वितरण गर्ने कार्यक्रम पनि सातदोबाटोमा राखिएको एन्फाले जनाएको छ ।

जारी प्रतियोगितामा अपराजित रहँदै मनाङले लिग जितिसकेको छ भने संकटा क्लबले पनि दोस्रो स्थान प्राप्त गरिसकेकाे छ । अब १३ औं चरणको खेलबाट तालिकाको तेस्रो हुने टिमको छिनोफानो हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस