संघीय संसदको पहिलो बैठक पुस तेस्रो साता बोलाउने मन्त्रिपरिषद निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष १२, मंगलबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

पौष १२, काठमाण्डौ । संघीय संसदको पहिलो बैठक पुसको तेस्रो साता बोलाउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको गरेको छ । सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले पुस २९ अगावै संघीय संसदको बैठक बोलाउने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान गर्ने संवैधानिक प्रावधान छ ।

निर्वाचनको अन्तिम परिणााम आएको एक महिनाभित्रै संसद बैठक बोलाउनुपर्ने संवैधानिक प्रावधान छ । आगामी पुस २९ अगावै संसद बैठक बोलाउनुपर्ने हुन्छ । मन्त्रिपरिषदको पहिलो बैठकपछि सोमबार एक मन्त्रीले भने ‘मिति तोकिएको छैन, तर पुस २५, २६ गतेतिर बैठक बोलाउने गरी प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।’

पहिलो क्याबिनेट बैठकपछि सिंहदरबारमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि संघीय संसदको अधिवेशन बोलाउने निर्णय लिएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस