जसपामा संसदीय दलका नेताका लागि कडा प्रतिस्पर्धा

पौष १२,काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले संसदीय दलको नेता चयनको गृहकार्यमा लागेको छ । संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले सहमतिका लागि दुई दिनको समय दिएको थियो । त्यो दुई दिनको आज अन्तिम दिन हो । आज दिनभरमा टुगिंएन भने भोलि चुनावको प्रकृयामा जाने बताइएको छ ।

समितिले चुनावको समय तालिका भोलिका लागि तय गरेको छ । यता, पार्टीमा सहमतिका लागि प्रयास भइरहेको छ । छलफलका लागि आज संसदीय दलको बैठक बोलाएको छ ।

संसदीय दलको नेताको आकाङ्क्षी जसपा संघीय परिषद्का अध्यक्ष एवं सांसद अशोक राइ, कार्यकारिणीहरू सदस्य राजकिशोर यादव, नवलकिशोर साह रहेका छन् । पार्टीको वरिष्ठ नेताको हैसियतले अशोक राईले आफू संसदीय दलको नेता बन्नुपर्ने दावी गर्दै आइरहेका छन् भने अधिकांश नेताहरु मधेसबाट चुनाव जितेका कारण मधेसबाट कोही संसदीय दलको नेता बन्नुपर्ने दवाव पार्टीमा छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवको चाहना पनि अशोक राई नै संसदीय दलको नेता बनोस् भन्ने रहेको छ तर उनी पार्टीभित्रै मधेशी नेताहरुको दवावमा परेका छन् । पार्टीमा सहमति हुन सकेन भने उपेन्द्र यादव पनि चुनाव गराउने पक्षमा रहेका छन् ।

चुनाव भयो भने अशोक राई संसदीय दलको नेता बन्ने छैनन् । १२ जनामध्ये हालसम्म तीनजना मात्र उनको पक्षमा खुलेर लागेको देखिएको छ । नौजना सांसद मधेशबाट नै संसदीय दलको नेता बन्नुपर्ने पक्षमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply