१२ दिन बिदा थप्न लागेको सरकारको शुक्रबार ४ बजेसम्म कार्यालय खुलाउने तयारी

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ पौष २०, शुक्रबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष २०, काठमाडौं । शुक्रवार दिउँसो ४ बजेसम्म सरकारी कार्यालय खोल्न प्रस्ताव गरेको छ। बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकमा गृह मन्त्री, शहरी विकास मन्त्री र संस्कति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सम्मिलित कार्यदलले प्रस्ताव लगेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

बिहीवार बैठकमा प्रस्तावमाथि सामान्य छलफल भएपनि कुनै निर्णय समेत भएको छैन। अहिले सरकारी कार्यलय ३ बजेसम्म मात्र खुल्ने गरेको छ।

त्यस्तै सरकारले २०७६ सालमा राष्ट्रिय बिदाहरु थप गर्ने भएको छ। २०७४ सालमा धेरै बिदा दिएको भन्दै ब्यापक आलोचना भएपछि केपी ओली नेतृत्वको सरकारले २०७५ का केही महत्वपूर्ण विदाहरुसमेत काटेको थियो।

विना कुनै आधार विदा कटौती गरेको भन्दै फेरि आलोचना भएको थियो। त्यही कारण सरकारले २०७६ सालका लागि केही बिदाहरु थप गर्न लागेको हो।

सरकारले विभिन्न जातजातिका लागि सार्बजनिक बिदा थप गर्नेछ। करिब एक दर्जन बिदा थपिने छन्। अब जनैपूर्णिमा, छठ, क्रिसमस, ल्होसार, इदलगायत करिव एक दर्जन बिदा थपिने छन्। १९ वटा विदाको प्रस्ताव भएकोमा मन्त्रिपरिषद् बैठकमा भने १३ दिन बिदा थपको लागि लगिएको हो।

२०७५ सालमा सरकारले नियमित दिएकोभन्दा १२ दिन बिदा कटौती गरेको थियो। अब भने केही महत्वपूर्ण चाडपर्बको बिदा थप हुने छ। यसपाली जनै पूर्णिमा, घटस्थापना, कोजाग्रत पूर्णिमाजस्ता महत्वपूर्ण विदाहरु कटौती गरिएका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस