धुनिवेशीमा पर्यटक भित्र्याउन होमस्टेको अवधारणा, ६५ जनालाई दिइयो तालिम

पौष १२,धादिङ । धादिङको धुनिबेशीमा होमस्टे सञ्चालन सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न भएको छ । धुनिवेशी नगरपालिका र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को संयुक्त आयोजनामा घरवास तथा होमस्टे संचालन सम्बन्धी ७ दिने अभिमुखिकरण तालिम सोमबार सम्पन्न भएको हो ।

तालिम अवधीभर होमस्टे सञ्चालनका लागि आवश्यक पर्ने जानकारी गराईनुका साथै विभिन्न खानाका परिकार, सुप,सलाद बनाउने तरिका,अतिथी सत्कार र स्थानिय खानाका परिकार बनाउने विधिका बारेमा सहभागिहरुलाई प्रशिक्षकहरु तालिम दिएको नगरपालिकाका प्रवक्तासमेत रहेका धुनिबेशी वडा नम्बर ६ का वडा अध्यक्ष रमेश प्रसाद आचार्यले बताए ।

प्रवक्ता आचार्यका अनुसार नगरपालिकाको पर्यटकिय क्षेत्र देबिथान, तोप्लाङ,दमदमे लगायतका स्थानमा होमस्टे सञ्चालन गराउने मुख्य उदेश्यका साथ तालिम आयोजना गरिएको हो । तालिम समापन गर्दै आचार्यले आगामी दिनमा नगरपालिकाका पर्यटकिय क्षेत्रको प्रर्वद्धन गरि पर्यटक भित्र्याउनु नै तालिमको मुख्य उदेश्य रहेको बताए ।

विभिन्न वडाका ६५ जना भन्दा बढिको सहभागिता रहेको तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने धुनिबेशी नगरपालिकाले प्रशिक्षकहरुलाई प्रशंसा पत्र प्रदान गरेको थियो ।

तालिमका सहभागीहरुले सिकाई उपल्बधीमुलक रहेको बताएका छन। उनिहरुले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply