भोजपुर–काठमाडौं सातै दिन उडान हुँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष २०, शुक्रबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष २०, भोजपुर । भोजपुर-काठमाडौं उडान थप गरिएको छ ।

यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए । यसअघि हप्तामा छ दिनमात्र भोजपुर(काठमाडौं उडान हुँदै आएको थियो । नयाँ कार्यतालिकाअनुसार शनिवारबाट उडान हुने कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै करीब एक महीनाबाट बन्द रहेको भोजपुर–विराटनगर उडान पनि शनिवारदेखि नै शुरु हुने भएको छ । आइतवार र बिहीवार गरी हप्तामा दुई दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुर कार्यालयले जानकारी दिएको छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस