सरकारमा सहभागिताबारे निर्णय गर्न राप्रपा बैठक सुरु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ पौष १३, बुधबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पौष १३, काठमाण्डौ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । महामन्त्री भुवन पाठकका अनुसार बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे छलफल हुनेछ ।

राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर, सरकारमा सहभागिताको विषयमा भने पार्टी हालसम्म अनिर्णीत छ। यद्यपि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेकै अवस्थामा पार्टी सरकारमा सहभागी हुने अवस्था नरहेको बताउँदै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस