नाइजेरियामा भएको दुर्घटनामा २१ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ पौष १३, बुधबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पौष १३, काठमाण्डौ । नाइजेरियामा सोमबार र मंगलबार भएको दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । सोमबार र मंगलबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा परेर २१ जनाको ज्यान गएको यहाँका सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

देशको मध्यभागमा पर्ने कुवार तास्कुवाममा सोमबार दुई सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा परेर ११ जनाको ज्यान गएको छ । त्यसैगरी मंगलबार पनि देशको एक मुख्य राजमार्गमा सवारी दुर्घटना भएको र त्यसमा परेर १० जनाको ज्यान गएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस