क्याम्बोडिया र थाइल्यान्डको सीमा रहेको एक क्यासिनोमा आगलागी हुँदा १० जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ पौष १४, बिहिबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पौष १४, काठमाण्डौ । क्याम्बोडिया र थाइल्यान्डको सीमा रहेको एक क्यासिनोमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । स्थानीय मिडियाका अनुसार क्याम्बोडियाको ग्रान्ड डायमन्ड सिटी होटल क्यासिनोमा आगलागी भएको हो ।

सामाजिक संजालमा मानिसहरु होटलको माथिल्लो तल्लाबाट हाम फालिरहेको भिडियोहरु सार्वजनिक भएका छन् । आगलागी हुँदा क्यासिनोमा थाइल्यान्डका धेरै नागरिक रहेको बताइन्छ । घाइतेहरुलाई थाइल्यान्डको सा केव प्रान्तको अस्पतालमा लगिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस