एमालेको बागमती संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन

पौष १४, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेशको संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन भएका छन् । उनी बिहीबार सर्वसम्मत रुपमा दलको नेतामा चयन भएका हुन् । संसदीय दलको नेता चयनका लागि नेकपा एमालेको संसदीय दलको बैठक बिहीबार हेटौँडामा बसेको थियो ।

थपलिया मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा चितवन-१ ९१० बाट निर्वाचित भएका थिए । उनले कांग्रेस उम्मेदवार किरण भुषण ओलीलाई पराजित गरेका हुन्। थपलिया नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य पनि हुन् । थपलिया बागमती प्रदेशमा एमालेको मुख्यमन्त्रीको दाबेदार हुन्। एमाले र माओवादी केन्द्रको संघीय सरकार गठनमा साझेदारी भएपछि थपलियाको सम्भावना बढेको छ।

संम्बन्धित समचार

Leave a Reply