सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ पौष १४, बिहिबार (१ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

पौष १४, काठमाण्डौ । बलात्कारको अभियोगमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेले दिएको पुनरावेदनको निवेदनमाथि बिहीबार सुनुवाइ हुन सकेन । काठमाडौं जिल्ला अदालतले बलात्कारको मुद्दामा लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । त्यसका विरुद्ध उनले मंसीर २९ गते उच्च अदालत, पाटनमा निवेदन दिएका थिए । त्यसमाथि आज उच्च अदालतमा सुनुवाइ तोकिएको थियो । उनको निवेदनमाथि न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलाशमा पाँचौं नम्बरमा रहेको थियो ।

बिहीबार दिउसो खाजा समयअघि तीन वटा निवेदनमाथि सुनुवाइ भएको थियो। त्यसपछि एउटा निवेदनमाथि सुनुवाइ भएको छ । पाँचौ नम्बरमा रहेको लामिछानेको निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । जसले गर्दा आज सुनुवाइ हुने सकेन । भदौ ५ गते राति नाबालिकालाई लामिछानेले गौशालास्थित एक होटलमा पुर्‍याएर जबर्जस्ती करणी गरेको आरोप छ । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उनी पुर्पक्षका लागि जेलमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस