माधव नेपाल भन्छन्_’राष्ट्रपति बन्ने हल्ला मात्रै हो, एमालेसँग एकताको कुरै भएको छैन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष १४, बिहिबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

पौष १४, काठमाण्डौ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग एकताबारे कुनै कुरा नभएको बताएका छन् । पार्टीको जनवर्गीय संगठनलाई जुम बैठकमा बिहीबार सम्बोधनका क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

एमालेले समाजवादीलाई पार्टीमा समाहित गरेर आफूलाई राष्ट्रपति बनाउने कुरा केवल भ्रम मात्रै भएको अध्यक्ष नेपालको भनाइ थियो । जनवर्गीय संगठनका सदस्यहरुले पछिल्लो घटनाक्रमबारे अनेक प्रश्न उठाएपछि अध्यक्ष नेपालले आफ्नो बचाउ गर्दै जवाफ दिएका हुन् । उनले जुम बैठकमा एमालेसँग एकताका लागि उपाध्यक्ष विष्णु पौडेलसँग कुनै कुरा नै नभएको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस