भारतीय प्रधानमन्त्री मोदीकी आमाको ९९ वर्षको उमेरमा निधन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ पौष १५, शुक्रबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पौष १५, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । प्रधानमन्त्री मोदीकी आमा हीराबेनको ९९ सय वर्षको उमेरमा आज विहान निधन भएको हो । मोदीले ट्वीट गर्दै आमाको निधनलाई सानदार शताब्दीको ईश्वरको चरणमा विराम भनेका छन् । मोदीले सामाजिक संजाल ट्वीटरमा आमामा आफूले सधैं त्रिमुर्तिको महसुस गरेको बताए ।

उनले आमालाई तपस्वी, निस्वार्थ कर्मयोगी र मूल्य मान्यताप्रति प्रतिवद्ध भएको उल्लेख गरेका छन् । स्वास्थ्यमा समस्या आएपछि हीराबेनलाई गत बुधबार अहमदवादको युएन मेहता अस्पतालमा भर्ना गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस