काठमाण्डौँ । उत्तरी कम्बोडियाको ब्यान्टी मेनाची प्रान्तमा रहेको एक क्यासिनोमा आगलागी हुँदा एक जना नेपालीसहित १९ जनाको मृत्यु भएको छ ।
झापाको विर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको हो । उनले क्यासिनोमा आगलागी भएपछि क्यासिनोको १२ औँ तलाबाट हामफाल्नुअघि घरपरिवारलाई भिडियो कलसमेत गरेको खुलेको छ । पाण्डेले भिडियोमा आफ्नो परिवार र ९ वर्षीय छोराको ख्याल गरिदिन आग्रह गरेका छन् ।
बिहीबार राति भएको आगलागीमा परेर कम्तीमा पनि १९ जनाको मृत्यु भएको कम्बोडियाली सुरक्षा अधिकारीले सो कुराको जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।