मानव बेचबिखन रोक्न अन्तरदेशीय संयन्त्र निर्माणमा जोड

Post Thumbnail

पौष १५, काठमाण्डौ । नेपाल–भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुले मानव बेचबिखन रोकथामका लागि अन्तरदेशीय संयन्त्र निर्माणमा जोड दिएका छन् । माइती नेपालले आयोजना गरेको मानव बेचबिखनविरुद्धको कार्यशालामा दुवै देशका सुरक्षा अधिकारीले मानव बेचबिखनविरुद्धको लडाइँका लागि अन्तरदेशीय संयन्त्र निर्माण अहिलेको आवश्यकता भएको बताए ।

उनीहरुले मानव बेचबिखन दुवै देशको साझा समस्या भएकाले त्यसको रोकथामका लागि स्थानीयस्तरदेखि नै दुवै देश मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । दुवै देशका सुरक्षा अधिकारी, स्थानीय सरकार, गैरसरकारी सङ्घसंस्थाबीचमा मानवबेचबिखनविरुद्धको कामका लागि प्रभावकारी संयन्त्र आवश्यक हुने र सो संयन्त्रले दुई देशबीच सही सूचना आदानप्रदान हुनाका साथै पीडितको उद्धार तथा बेचबिखन हुनबाट रोकथाम गर्न सकिने सरोकारवालाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस