टोपि दिवसको शुभकामना

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७९ पौष १७, आईतबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

– शंकर पाण्डे “मुक्ति”

विकृति मौलायो, के आयो खै चलन !
विदेशी संस्कृति प्यारो, आफ्नो चाँहि दलन !!
देश विरानो भैगयो, बाध्यता विदेशमै कमाउनी !
लह–लहैमा हामी, भैसक्यौं उनको मै रमाउनी !!

चाडपर्व–भेषभुषाको, एउटै माला गोर्खाली !
आफ्नो धर्म–संस्कृतिको, हामी नै हो माली !!
स्वर्ग भन्दा प्यारो हाम्रो, नेपाल जन्म भुमी !
पुग्छ भने जन्मन पाऊँ, यही जुनी जुनी !!

भगवान बुद्ध र पशुपतिनाथको आर्शिवादको ताल !
म मरेपनि सधै रहोस् प्यारो देश नेपाल !!
सगरमाथाको शिर, देशको शान र छाना !
सबै नेपालीमा, टोपी दिवशको छ शुभकामना !!

Email: [email protected]

ताजा अपडेट

खोजी गर्नुहोस