एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष १८, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष १८, काठमाण्डौं । नेकपा एकीकृत समाजवादीले पोलिटब्यूरो बैठक बोलाएको छ । सोमबार बस्ने गरी पोलिटब्यूरो बैठक बोलाइएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । ‘हामीले पोलिटब्यूरो बैठक बोलाइएको छ । यसमा स्थायी कमिटीभन्दा धेरै संख्यामा नेताहरू हुनुहुन्छ। पोलिटब्यूरोले पार्टीलाई सुझाव दिन्छ,’ उनले भने ।

समसामयिक राजनीति, नयाँ सरकारबारे धारणा र पार्टी अब कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्ने तथा सुझाव दिन बैठक गर्न लागिएको छ ।
अरू पार्टीसँग अहिले एकताको कुनै सम्भावना नरहेको खतिवडा बताउँछन् । ‘पार्टी एकताका कुरा बजार हल्ला मात्रै हुन्,’ उनले भने । एकीकृत समाजवादीले शनिबार र आइतबार स्थायी कमिटी बैठक गरेको थियो । उक्त बैठकले तत्काल सरकारलाई समर्थन नगर्ने निष्कर्ष पनि निकालेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस