७७ जिल्लाका सिडिओलाई गृहमन्त्री लामिछानेको १८ बुँदे निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष १८, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष १८, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओलाई १८ बुँदे निर्देशन दिएका छन्। सोमबार ७७ जिल्लाका प्रजिअसँग भर्चुअल छलफल गर्दै गृहमन्त्री लामिछानेले आ–आफ्ना कार्यालयको कार्य सम्पादनसँग सम्बन्धित समस्याबारे बेलुकीसम्म रिपोर्ट लेखेर पठाउन निर्देशन दिएका हुन् ।

सिंहदरबारबाट सिडिओसँग भर्चुअल कुराकानी गरेका लामिछानेले सम्पादन गर्न सकिने एवं सरलीकरणका विषय समावेश गरी १५ दिनभित्र सेवा प्रवाह सुधार कार्यान्वयन योजना पठाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । उनले भने, ‘सेवा प्रवाहमा कार्यालयको आन्तरिक व्यवस्थापनबाटै गर्न सकिने तथा मेरो वा सचिवस्तरीय निर्णयबाट आवश्यकतानुसार थप सहजीकरण गरी मौजुदा कानुन, साधन–स्रोतको सीमामा रही सम्पादन गर्न सकिने सुधार एवं प्रक्रिया सरलीकरणका विषय समावेश गरी १५ दिनभित्र सेवा प्रवाह सुधार कार्यान्वयन योजना पठाउनुस्,’ लामिछानेले निर्देशन दिँदै भनेका छन्, ‘कार्यालयको कार्य सम्पादनसँग सम्बन्धित समस्याबारे आजै बेलुकीसम्म लेखी पठाउनू।’ जनताका समस्यासँग सरोकार भएका विषयमा ध्यान दिन लामिछानेले सिडिओलाई निर्देशन दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस