पौष १९, काठमाण्डौं । अमेरिकाले सन् २०२२ मा २८ जना नेपालीहरुलाई देश निकाला गरेर नेपाल पठाइएको छ । गत अप्रिलको पहिलो साता अमेरिकाबाट एकै पटक ७ जना नेपालीलाई देश निकाला गरेर चार्टड विमानबाट काठमाडौं लगेर छाडिएको थियो । देश निकाला गरिएका सातैजनालाई बिना भिसा अमेरिका आएको आधारमा देश निकाला गरिएको थियो । उनीहरु दलाललाई लाखौं रकम बुझाएर बिना भिसा अमेरिकी सीमाक्षेत्रमा पुगेका थिए ।
तर अमेरिकाबाट २०२२ मा नेपाली देश निकाला भएको यो पहिलो घटना भने होइन। आर्थिक वर्ष २०२२ मा मात्र अमेरिकाबाट विभिन्न समयमा २८ जना नेपालीलाई देश निकाला गरेर नेपाल पठाइएको अमेरिकी अध्यागमन विभागले जनाएको छ। यो २०२१ को तुलनामा बढी हो । यो संख्यामा अमेरिकी अध्यागमन अदालत आइस बाट देश निकालाको आदेश पाएर स्वेच्छिक रुपमा अमेरिका छाड्नेहरूको संख्या समावेश छैन । यो आइसको हिरासतमा बसेर आइसकै खर्चमा अमेरिकाबाट देश निकाला हुनेको विवरण हो ।