सुनको मूल्य यो वर्षकै उच्च, तोलाको कतिमा हुँदैछ कारोवार ?

पौष १९, काठमाडौं । आज सुनको मूल्यले यो वर्षकै उच्च मूल्य रेर्कड कायम गरेको छ । आज सुनको मूल्य प्रतितोला एक लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । वैशाख ५ गते प्रतितोला एक लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख २ हजार ६ सय रूपैयाँ पुगेको हो ।

२०७७ भदौ ३ मा सुनको मूल्य सबैभन्दा उच्च मूल्यमा पुगेको थियो । त्यतिखेर एक लाख चार सय रूपैयाँ प्रतितोला पुगेको थियो । चाँदीको मूल्य मंगलबार १० रूपैयाँले बढेर १ हजार ४१० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply