जाडो मौसमबाट गाडी सुरक्षित राख्न पौष २० देखि सुजुकीको विन्टर फ्री सर्भिस

पौष १९,काठमाडौँ । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २० देखि २२ गतेसम्म विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले, हामीले यसमा ध्यान पुर्‍याउन अत्यन्त जरुरी हुन्छ ।

सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र ग्राहकको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुन लागेको कम्पनीले जनाएको छ । सर्भिस क्याम्प अवधि भर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै १५ जना लक्की ग्राहकले फ्री सर्भिस भौचर पनि जीत्न सक्नेछन् ।

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत छुट छ भने इन्जिन कुलिंग, एसी/हिटर सम्बन्धि पार्ट्स र एसोसरिजमा १० प्रतिशत छुट पाउन सकिनेछ । साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस् र इन्जिन आयलमा ५ प्रतिशत छुट पाइनेछ ।

सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

संम्बन्धित समचार

Leave a Reply