सरकारमा सहभागिताबारे नेकपा एसको बैठक निष्कर्षविहीन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष १९, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष १९, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागिताबारे नेकपा एसको बैठक निष्कर्षविहीन बनेको छ । प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने अधिकांश नेताको दबाबका कारण बैठकले ठोस निर्णय लिन नसकेको एक नेताले बताएका छन् ।

पोलिटब्युरो बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘सरकारमा सहभागिताबारे थप अध्ययन गर्नुपर्ने भयो । अब सरकारको नीति र कार्यक्रम हेरेर समर्थन र विरोध गर्ने निर्णय यो बैठकले सचिवालयलाई दिएको छ ।’ उनले सरकारमा सहभागिताका लागि अहिलेसम्म कुनै औपचारिक प्रस्ताव नआएको दोहोर्‍याए । खतिवडाले भने, ‘उहाँहरूसँगै बहुमत छ। अहिले हामीलाई औपचारिक प्रस्ताव आएको छैन । त्यसबारेमा अब सचिवालयले निर्णय गर्छ ।’

एमालेसहित ७ दलको समर्थनमा बनेको सरकारमा सहभागी हुनेबारे नेताहरू दुई धारमा बाँडिएका छन् । शनिबार र आइतबारको स्थायी कमिटीको बैठकले सरकारबारे निर्णय गर्न नसकेपछि सोमबार र मंगलबार पोलिटब्युरो बैठक बसेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस