भ्यालेन्टाइन डेलाई लक्षित गर्दै चलचित्र ‘मनसँग मन’ प्रदर्शन हुने

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ पौष २०, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

काठमाडौँ । अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी अभिनित चलचित्र ‘मनसँग मन’ २७ माघदेखि प्रदर्शनमा आउने भएको छ ।
सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएकाको चलचित्र भ्यालेन्टाइन डेलाई लक्षित गर्दै प्रदर्शन गर्न लागेको निर्देशक कैलाश राईले बताएका छन् ।

पुष्प र वर्षा बाहेक चलचित्रमा रवीन्द्र झा, बुद्धि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, पल शाह र पूजा शर्माको पनि अभिनय रहेको छ ।
अर्जुन पोखरेल र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन रहेको चलचित्र लभ स्टोरी जनरामा निर्माण गरिएको हो । प्रेमकथामा आधारित चलचित्र भएकोले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै प्रर्दशन गर्ने तय गरिएको निर्माण पक्षले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस