अमेरिकाको नर्थ क्यारोलिनाका लागि विक्रम घिमिरे पर्यटन सद्भावना दूतमा नियुक्त

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७९ पौष २१, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष २१,काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकाको नर्थ क्यारोलिनाका लागि विक्रम घिमिरेलाई पर्यटन सद्भावना दूतमा नियुक्त गरेको छ ।

पर्यटन प्रवर्द्धनमा सक्रिय घिमिरेलाई यही पुस ८ गते मन्त्रीस्तरीय निर्णयबाट नर्थ क्यारोलिनाको पर्यटन सद्भावना दूतमा नियुक्ति गरिएको हो ।

चार वर्षे कार्यकालका लागि घिमिरे नियुक्त भएका हुन् । पर्यटन मन्त्रालयले सद्भावना दूत निर्देशिका २०७८ अनुसार पर्यटन गतिविधिमा संलग्न व्यक्तिलाई नियुक्ति दिने गर्छ ।

घिमिरेले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्रालयले अपेक्षा गरेको छ ।

नवनियुक्त पर्यटन दूत घिमिरेले अमेरिकाका लागि नेपालको अवैतनिक पर्यटन दूतको पदमा नियुक्त भएकोमा नेपाल सरकारप्रति आभार प्रकट गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस