शुभयात्रा यातायातको पाँचौ साधारणसभा सम्म्पन्न

पौष २१,काठमाडौँ । शुभयात्रा यातायात प्रा.लि. ले आफ्नो स्थापनाको पाँचौ साधारणसभा बुधबार सम्म्पन्न गरेको छ । काठमाडौको कलंकीस्थित एक पार्टी प्यालेसमा भएको कार्यक्रममा प्रमुख अतिथी सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका अध्यक्ष डोलनाथ खनाल, प्रदेश सांसद उद्धब थापा ,सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष भरत तिमल्सिना,सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका महासचिव भरत नेपाल , सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका कोषाध्यक्ष धर्मराज रिमाल,अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी,अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय सदस्य तथा काठमाडौ जिल्ला अध्यक्ष नरबहादुर रानालगायत यातायात मजदुरहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा यातायात क्षेत्रका विविध बिषयमा वक्ताहरुले खुलेर विचार व्यक्त गरेका थिए। कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष गोपिकृष्ण थापाले कठिन परिस्थितीमा पनि यातायात व्यवसायीहरु यस क्षेत्रमा निरन्तर लागिरहेको बताउदै आगामी दिनमा कुनै कमजोरी भए सच्याउदै लैजाने बताए । महासंघका केन्द्रिय अध्यक्ष डोलनाथ खनालले यातायात क्षेत्रका समस्यालाई सम्बोधन गर्दै अघि बढ्ने बताए । शुभयात्रा यातायात प्रा.लि. ले आगामी कार्यकालको लागि पुरानै कार्यसमितीलाई अनुमोदन गरेको छ । कार्यक्रम संस्थाको अध्यक्ष गोपिकृष्ण थापाको अध्यक्षतामा सम्पन्न भएको थियो।

संम्बन्धित समचार

Leave a Reply