नेपालमा नयाँ सरकार: भारतसँगको साझेदारीमा चुनौती र अवसरहरु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ पौष २१, बिहिबार (१ साल अघि)
  • ८ पटक पढिएको
Post Thumbnail

पौष २१,नयाँदिल्ली । भारत र नेपालबीच शताब्दीऔ देखि बलियो सामाजिक, धार्मिक , सांस्कृतिक र राजनितिक सम्वन्ध रहदै आएको छ । दुई देशबीचमा रहेको खुला सिमानाले दुवै देशको नागरिक निर्वाधरुपमा आवत–जावत गर्दछन र, दुवै देशका नागरिकबीच पारिवारिक सम्वन्ध र वैवाहिक सम्वन्ध पनि शताव्दीऔं देखि रहेको छ ।

प्रसिद्ध बिद्वान एस डि मुनि त नेपाल भारत सम्वन्धलाई विश्वमै अतुलनिय रहेको बताउछन् र, धेरै जस्तो नागरिक र कुटनितिक सम्वन्ध र गतिविधिले पनि मुनिको तथ्यलाई वल पुर्‍याउछ । जस्तो कि नेपाली सेनाका प्रमुख भारतीय सेनाको मानार्थ प्रमुख हुनु र भारतीय सेनाका प्रमुख नेपाली सेनाका मानार्थ प्रमुख हुनु, नेपाली गोरखा सैनिकहरु भारतका लागी लड्नुले दुइ देशबीचको सम्वन्धको अतुलनीय सम्बन्ध रहेको देखाउँछ । भारतको नेपाल प्रतिको संलग्नता वशुद्धैव कुटम्बकममा आधारित रहेको तथ्यलाई पनि मद्दत पुर्‍याउछ । भारत नेपालमा आर्थिक सहयोग र अनुदान दिएर यहाँको विकासमा मुख्य साझेदारको रुपमा छ । भारतको सहयोगले नेपालको मानव संसाधनको विकाशमा समेत टेवा दिएको छ । २०७२ सालको महाभुकम्पको वेलाको वेला पनि भारतले गरेको सहयोगलाई महत्वपुर्ण रुपमा लिइन्छ ।

भारतको स्वतन्त्रतापछि भारतले नेपालसंग सास्कृतिक र ऐतिहासिक सम्वन्धलाई निरन्तरता दिएको छ भने १९५० को शान्ती तथा मैत्री सन्धिले नेपाल र भारतबीच विशेष सम्वन्ध स्थापित गरको तथ्यलाई नकार्न सकिदैन । यस सन्धिको आधारमा दुवै देशका नागरिकहरु एक अर्काको देशमा निर्वाध व्यापार तथा जिवकोपार्जन गर्न पाउँछन, जुन विश्वमै विरलै पाइन्छ । यो पनी सत्य हो कि दुवै देशबीचको सम्वन्धमा उतार चढाव नआएको भने हैन । तर, जे जस्तो अवस्था आए पनी जन–सम्वन्धले सवै कुरा विर्सिएर सम्वन्ध वलियो हुँदै गएको छ । हुन त नेपालमा २०१५ मा भएको मधेस आन्दोलनको पछाडी धेरैले भारतको हात भएको विश्लेषण गर्छन्  तर यो विश्लेषण गरेतापनि सम्वन्धमा कुनै असर परेको भने छैन ।

हुन त भारत विरोधी नारा बोकेर केही राजनितिक नेता र दलले आफ्नो अभिष्ठ पुरा गर्ने कुचेष्ठा नगरेका होइनन्  तर सम्वन्ध दिनप्रति दिन प्रगाढ हुँदै गईरहेको छ । भारतबिरोधी अभियान चलाउने नेता र राजनीतिक दल अहिलेपनि बेला बखत मुखको तितो पोख्न खोज्छन् । २०१८ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको वेला दुई देशबीचका केहि मुद्धाहरु उठेका थिए । ओली सरकार चीनतर्फ ढल्कदै लिम्पियाधुरा, कालापानीलाई लिएर विवाद पनि खडा भएको थियो । साथै उनले रामको जन्मभुमी लाई लिएर समेत विवाद खडा गरे । यहाँ सम्म कि नेपालमा कोराना भाइरस भारतको कारण फैलिएको आरोप समेत लगाए ।

विष्लेषकहरु भन्छन् –’भारत विरोधी भावना फैलनुमा नेपालको आन्तरिक अस्थिरता मुख्य कारक हो र यसमा चीनको संलग्नता रहेको पाइन्छ ।’ साथै आफनो राजनितिक अवस्थामा असुरक्षा देखेपछि ओलीले भारतलाई देखाएर पन्छिन खोजेको समेत उनीहरुको दावी रहेको छ । यसका साथै ओलीलाई हटाएर शेर वहादुर देउवा प्रधानमन्त्री बनेपछि नेपाल–भारत सम्वन्ध सुदृढ हुँदै गएको कुरामा पनि एक मत देखिएको छ ।

गतवर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्विनी भ्रमणले पनी दुवै देशबीचको साँस्कृतिक सम्वन्ध प्रगाढ रहेको पुष्टी हुन्छ । भारत र नेपालको बुद्ध रामायण सर्किट निर्माणको लागी सहमती हुनु र मोदीद्धारा लुम्विनीमा गुम्वा निर्माणका लागी शिलान्यास हुनु सम्वन्ध अझ वलियो रहेको देखाउँदछ । सम्वन्ध साँस्कृतीक र सामाजिक मात्र नभई भौतिक पुर्वाधार निर्माणमा पनि नेपालले भारतको साझेदारी खोज्नु स्वभाविक हन्छ । भारतीय कम्पनीले पश्चिम सेतीको निर्माण गर्ने विषय पनि उर्जा क्षेत्रको लागी अर्काे कोशेढुंगा सावित हुने देखिन्छ ।

भारत र नेपालबीचमा शिक्षा क्षेत्रमा पनि सहकार्यका उदाहरणहरु छन । जुन निक्कै तिव्र गतिमा बढिरहेको छ । हालै आई आईटी मद्रास र काठमाण्डौ युनिर्भसिटीबीच ज्वाइन्ट डिग्री कार्यक्रम, आई सि सि आर र लुम्बिनी विश्व विद्यालयबीच विश्व विद्यालयमा डा. अम्वेडकर चेयर स्थापना हुने भएको छ ।

हालै भारतका प्रधानमन्त्री मोदीको बक्तव्य नेपाल–भारत सम्वन्ध हिमालय जस्तै अटल र वलियो रहेकाले सम्वन्धमा हिजो भएका उतार–चढावलाई पार गर्दै अगाडी बढिरहेको देखिन्छ । हालै सम्पन्न आम निर्वाचनपश्चात पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनिसकेका छन् र अव उनको कार्यकालमा दुई देशबीच सम्वन्ध अझ उचाईमा पुग्ने आशा गर्न सकिन्छ । प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो भएका छन् जसले नेपालका प्रधानमन्त्रीलाई ट्विटरमार्फत वधाई ज्ञापन दिएका छन् । एक अर्काको अस्तित्वको उच्च सम्मान गर्दै , प्राकृतिक सम्वन्धलाई अगाडी बढाउँदै दुवै देशका नेताहरु सहकार्य गर्न उत्साहित देखिएका छन् ।

यद्यपी ओली र प्रचण्ड दुवैबीच मतभेद छ र उनीहरु चीन परस्त नेताको रुपमा आलोचित छन् । त्यसकारण भारतले आफनो नेपाल नितिमा नयाँ तरिकाले सोच्दै दुवै देशलाई फाइदा हुने गरी अगाडी बढनुपर्ने आजको आवश्यकता हो । साथै नेपालको लागी पनि आफ्नो दक्षिणी छिमेक भारतसंग समानता, अखण्डता र सहकार्यको निति अपनाएर आफनो हितमा अगाडी वढ्न ठूलो मौका रहेको छ ।

-ANI बाट

ताजा अपडेट

खोजी गर्नुहोस